३१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई नियुक्त गर्न माग गर्दै काठमाडौंको बालाजु र जोरपाटीमा घिसिङको समर्थनमा प्रदर्शन भएको छ ।
बालाजु र जोरपाटी चोकमा स्वतन्त्र युवाहरु द्धारा घिसिङको पुन नियुक्तिको माग राख्दै शान्तिपुर्ण प्रदर्शन गरेको हो । केपि ओलिको नेतृतको कम्यूनिष्ट सरकारले लोकप्रिय काम गरेका घिसिङको पुन नियुक्ति नगरि आफ्ना नजिककालाई नियुक्ति दिन लागेकोमा विरोध प्रदर्शन गरेका हुन ।
कुलमानको पुनः नियुक्तिमाको पक्षमा राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले कुलमानलाई फेरि प्राधिकरणमा जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
[sidebar name="button post"]









