सिन्धुपाल्चोकमा पहिरोमा पुरिएका तीन जनाको शव फेला : दुई जनाको परीचय खुल्यो

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्वर ७ को दुई ठाउँमा खसेको पहिरोमा परेका तीन जनाको शव फेला परेको छ ।

नाकुचेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षका भक्तिमाया श्रेष्ठको शव फेला परेको छ भने भिरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

१ जनाको परिचय खुलेको छैन । २१ जना बेपत्ता छन् । २ जनाको उद्धार गरिएको नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिनुभयो । पहिरोले वडा नम्वर ७ घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भीरखर्कमा ६ जना र नागपुजेमा १७ जना बेपत्ता भएका छन् ।

[sidebar name="button post"]