काठमाण्डौंका कोरोना संक्रमितको पाटन अस्पतालमा ज्यान गयो

ललितपुरको पाटन अस्पतालमा काठमाण्डौंका कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

गएको बुधबारदेखि उपचार गराइरहेका काठमाण्डौंका ६३ वर्षका पुरुषको गएराती ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय १८ पुगेको छ । अहिलेसम्म ५० हजार ४ सय ६५ जनामा कोरोना पुष्टि भएको छ ।

[sidebar name="button post"]