१८ भदौ, काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर प्रहरी र युवाबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ। बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो।
विशेष गरी रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न स्थानीयहरू सयौंको संख्यामा निस्केपछि स्थिति काबुबाहिर जाने शंकाले प्रशासनले कर्फ्यू लगाएको हो।

[sidebar name="button post"]









