चाबाहिल क्षेत्रकै उत्कृस्ट मध्येको एक विनायक सिद्ध कलेजले यहि भाद्र १६ गते ९ बजे देखि १० बजे सम्म अनलाईन प्रवेश परीक्षा संचालन गर्ने भएको छ । कक्षा ११ को लागि अनलाईन प्रवेश परीक्षामा पहिलो हुने १० जनालाई सत् प्रतिशत छात्रवृत्ति दिइने छ । ११ औं देखि २५ औं सम्म हुनेहरुलाई ७५ प्रतिशत र अन्तिम २६ औं देखि ५० औं श्रेणीमा पर्ने सहभागीहरुलाई ६० प्रतिशत छात्रवृत्ति दिने कलेजले जनाएको छ ।
हाल कोभिड-१९ का कारण पठन पाठन अबरुद्य बनेपछि सरकारले शैक्षिक संस्थाहरुलाइ बैकल्पिक माध्यम बाट भएपनि शिक्षण कार्य अघि बढाउन जनाउ दिएको छ । शैक्षिक संस्थाहरुले सोहि अनुसार अनलाइन कक्षा संचालन गरिरहेका छन् । विनायक सिद्ध कलेजले पनि शैक्षिक सत्र ०७७/७८ लाइ निरन्तरता दिनका लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र संकाय र कानुन विषयमा भर्ना शुरु गरेको छ । कलेजमा भर्ना हुन अनलाइन दर्ता समेत गर्न सकिने कलेज प्रमुख रामकृष्ण सिम्खडाले जानकारी दिनुभयो ।
कलेज प्रमुख सिम्खडाका अनुसार विद्यार्थीहरुलाई प्रयोगात्मक, व्यवहारिक तथा गुणस्तरीय शिक्षा दिनुका साथै उनीहरुको रचनात्मक क्षमता अभिवृद्धि गराउन तथा उद्यमशील बनाउन जोड दिइएको छ । कलेजको ग्रीन आर्मी युनेस्को क्लबले विद्यार्थीहरुलाई सक्षम र प्रतिभाशाली बनाएको छ । विद्यार्थीहरुलाई समाज र बजारमा प्रतिस्पर्धा योग्य बनाई वातावरण संरक्षणमा टेवा पुर्याउने भएकाले कलेजमा सो क्लबको थालनी गरिएको क्याम्पस प्रमुख सिम्खडाले बताउनुभयो ।









