Ad #144479

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेल बस्ने शङ्खुवासभा भोटखोला गाउँपालिका ३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा आज प्रहरीले पक्राउ गरेको छ ।

चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर उक्त खोलामा फाल्ने क्रममा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

त्यसपश्चात महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।