काठमाडौं उपत्यकामा बिहानै निषेधाज्ञा अवज्ञा गर्ने १ सय ४७ वटा गाडी होल्ड भएका छन् ।
निषेधाज्ञा पालना नगर्ने दुईपाङ्गे १ सय ३६ र चारपाङ्गे ११ वटा गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । हिजो होल्ड गरिएका ७३५ वटा गाडीलाई राति ८ बजे छाडिएको थियो ।
निषेधाज्ञा उल्लंघनको घटना बढेमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमणको दर बढेपछि प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णय अनुसार उपत्यकामा बिहीबारदेखि १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।
[sidebar name="button post"]









