लिदीमा छोरी बोकेकै अवस्थामा चार महिनाकी गर्भवतीको शव फेला

भदाै ६, सिन्धुपाल्चोकको जुगल–२ लिदी पहिरोमा पुरिएकी एक महिलाको शव चार वर्षकी छोरी पिठ्युूंमा बोकिरहेको अवस्थामा भेटिएको छ । उहाँ ४ महिनाकी गर्भवती रहेकाे पनि स्थानीय बासिन्दाले बताएका छन् ।

सानुकान्छी दोङ र चार वर्षकी छोरी करिश्माको शव पहिरो गएको ९ दिनपछि भेटिएको हो । उहाँका श्रीमान र सासु भने घरबाहिर भएकाले बाँच्न सफल भएका छन् । श्रीमान च्याङ्वा दोङ च्याउ खोज्न गएको र सासू काममा गएकाले पहिरोबाट बँच्न सफल भएका हुन् । प्रहरीका अनुसार उहाँ छोरी बोकेर भाग्दै गर्दा पहिरोले थिचेको हुन सक्ने अनुमान गरिएको छ ।

पहिरो जानु अघि पहिरोको डरले लिदीका स्थानियबासिन्दा रातको समयमा घर बाहिर बस्ने गरेका थिए । गएको साउन ३० गते बिहान गएको पहिरोमा परेर ३९ जना हराएकोमा ३२ जानको शव भेटीएको छ । अझैं ७ जना हराईरहेका छन् । पहिरोले १३ घर पुर्ण रुपमा पुरिएको छ । ३७ घरलाई आंशिक क्षति पुगेको छ ।

औषधी छर्केर बेपत्ताको खोजी अझैपनि हराईरहेकाहरुको खोजी भइरहेपनि पर्याप्त साधन स्रोतको अभावमा खोजी कार्यमा ढिलाई भएको छ । बेपत्ताको खोजीमा कठिनाई भएको शसस्त्र प्रहरी निरिक्षक शीतल श्रेष्ठले बताउनुभयो ।

[sidebar name="button post"]