पाँचपोखरी सरसफाइमा योङ्ग हर्ट एण्ड ग्रुप

अजय खत्री
२४ साउन , काठमाडौं । जति पाँचपोखरीको प्राकृतिक ,सांकृतिक अनि धार्मिक पक्षहरुले पाँचपोखरी अनि सिन्धुपाल्चोकलाइ नेपाल अनि विश्वसामु चिनाइ रहेको छ । त्यहि धार्मिक अनि प्राकृतिक रुपमाधनि पाँचपोखरीको पहिचानलाइ थप उर्जा प्रधान गर्न त्यसमा इटा थप्नेकाम गरिरहेको छ योङ्ग हर्ट एण्ड ग्रुप भोताङका स्थानिय युवाहरुले ।

योङ्ग हर्ट एण्ड ग्रुप भोताङ वि.स २०७५ मा स्थानिय कला, संकृतिको जगेर्ना गर्दै सामाजिक कार्यमा संिक्रयरुपमा विभिध कार्यहरु गर्ने उद्देश्यका साथ स्थापना भएको क्लवका अध्यक्ष पेम्वा दोर्जे लामाले जानकारी दिनुभयो । क्लवले कोरोनाको माहोल बाट पुरा विश्वनै गुजरि रहेको बेला वडा सङग समन्वयन गरी जनचेतना जगाउने देखि माक्स, स्यानिटाइजरको प्रयोग गर्न स्थानियलाइ वानि वसाल्ने लगाएतका कामहरु गरेको र खेलकुद अनि शिक्षामा वालवालिकालाइ उत्प्रेरित गर्नेलगाएनका काम गर्दै आएको क्लवका सदस्य ग्याल्वो तामाङले वताउनुभयो ।

क्लवले सिन्धुपाल्चोकको गहनाको रुपमा रहेको पाँचपोखरी महादेव मन्दिरको जनैपूर्णिमाको मेला पछि गएको वर्ष पनि सरसफाइको काम गरेकोमा यस वर्षषनि त्यसलाइ निरन्तरता दिएको छ ।
पाँचपोखरी सरसफाइमा जुटेको योङ्ग हर्ट एण्ड ग्रुप भोताङ (फोटो फिचर)

[sidebar name="button post"]