Ad #144479

१४ असोज, काठमाडौं। दुई साताअघि काठमाडौंको गोठाटारमा अज्ञात समूहले लाल मोहम्मदमाथि गोली प्रहार गरी हत्या गरेको थियो । हतियारधारीले मोहम्मद गाडीबाट ओर्लिनसाथ लखेटेर गोली प्रहार गरेका थिए ।

उक्त घटनामा संलग्न तीनजनालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। उनीहरुलाई पर्साको वीरगन्जलगायत स्थानबाट पक्राउ गरेका हुन् भने उनीहरुको पहिचान अझै खुलाइएको छैन।

मोहम्मदको हत्यामा काण्डमा भारतीय अपराधिक समूहको संलग्नता हुन सक्ने आशंका गरिँदै आएको छ ।