नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा हुने भएको छ ।
निलम्बनमा परेको गभर्नर अधिकारीले सरकारविरुद्ध दायर गरेको रिटको सुनुवाइ मंगलबार हुँदैछ।
आफूमाथि अवैध रुपमा सरकारले कारवाही प्रक्रिया सुरू गरेको भन्दै निलम्बित गभर्नर अधिकारी सर्वोच्च पुगेका हुन् ।
सरकारले अधिकारीमाथि अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा अध्ययन समिति बनाएको छ । त्यससँगै उनी निलम्बनमा परेका हुन् ।
सर्वोच्चमा दायर गरेको रिटमा अधिकारीले सरकारको निर्णय खारेज गरी आफूलाई काम गर्ने वातावरण मिलाउन अन्तरिम आदेशको माग गरेका छन् ।
राष्ट्र बैंक ऐनमा गभर्नरलाई बर्खास्त गर्नुअघि अध्ययन समिति गठन गर्नु पर्ने व्यवस्था रहेको छ । हाल गठन गरिएको समितिलाई एक महिना भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।












