महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको सुनाकोठीस्थित पाउरोटी र कुकिज बनाएर बेच्ने स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीमा छापा मारेको छ ।
प्रहरीले छापा मार्ने क्रममा सन् २०१९ मै मिति गुज्रेको कुकिजलाई समेत धुलो बनाएर पुनः कुकिज बनाएको प्रहरीले फेला पारेको छ ।
अत्यधिक सडे गलेका पाउरोटी समेत सुकाएर पुनः कुकिज बनाएको भेटिएको र सवै बस्तुलाई नष्ट गरिएको महाशाखाका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिनुभयो । उहाले १२० बोरा म्याद गुज्रीएका पाउरोटी र कुकिज फेला पारेको बताउनुभयो ।
प्रहरीकाअनुसार श्रेष्ठले संचालन गरेको स्पर्श फुड सहित श्रीतारा फुड्स एण्ड प्याकेजिङ प्रालिले दुवै खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएका छैनन् । यी दुवै कम्पनीमा खाद्य तथा गुण नियन्त्रण विभागले सिल गरेको छ ।
[sidebar name="button post"]









