काठमाण्डौमा दुई व्यक्ति मृत फेला

१४ पौष, काठमाण्डौ। काठमाण्डौको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् ।

काठमाण्डौको नागार्जुन नगरपालिका–३ सानोभ¥याङ डेरा गरी बस्ने मुस्ताङ भरतजङ्ग गाउँपालिका–४ का ४२ वर्षीय लोप्साङ गुरुङ आफ्नै कोठामा आज मृत फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै आजै काठमाण्डौको तीलगङ्गास्थित एक होटलमा बसेका झापा दमक घर भएका ४५ वर्षीय नित्य रिजाल पनि मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

दुवै घटनाका विषममा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।