रसुवामा जिप दुर्घटना हुँदा सात जना घाइते

७ मंसिर, रसुवा। पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा आज साँझ यात्रुबाहक टाटा सुमो जिप दुर्घना हुँदा सात जना घाइते भएका छन् ।

जिपले गोसाइँकुण्ड गाउँपालिका–६ मा तीन पैदलयात्रीलाई ठक्कर दिई राजमार्गबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेमध्ये दुई जना रसुवा जिल्ला अस्पताल र गम्भीररूपमा घाइते पाँच जनालाई नुवाकोटको त्रिशूली अस्पतालमा पठाएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।