गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

१६ भदौ, चितवन। पश्चिम चितवनको जगतपुरमा गैँडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ की ३८ वर्षीया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई आज दिउँसो २ः३० बजे गैँडाले आक्रमण गरेको थियो ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते दराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनको दिउँसो ३ः२५ बजे मृत्यु भएको हो ।