४ भदौ, काठमाण्डौ । महिला उद्यमि कर्जा र जेष्ट नागरिक बचतमा विशेष ब्यवस्थाका साथ युवा उद्यमीहरुले अध्याय बहुउद्देश्यीय सहकारी संस्थाको सुभारम्भ गरेका छन् ।
गोकर्णेश्वर–८ माकालबारीमा चार युवा व्यवसायीहरुद्धारा १३ प्रतिशत महिला कर्जा र जेष्ठ नागरीकको लागि १४ दशमलव ५ प्रतिशतसम्मको ब्याजदरका साथै दशैँ वोनस लगाएत अन्य आर्थिक सुविधा प्रदान गर्ने उद्देश्यका साथ सहकारीको सुभारम्भ गरिएको हो ।
सहकारीले संयुक्त रुपमा व्यवसाय गर्न चाहाने महिलाहरुको लागि विशेष सहुलितका साथै उद्यमीहरुका लागि सहज कर्जा र बचतको व्यवस्था गरेको सहकारीका अध्यक्ष विपना खड्काले बाताउनुभयो । ‘हामिले महिला उद्यमीहरुलाई विशेष कर्जाको व्यवस्था गरेका छौं भने अन्य कर्जा र बचतमा पनि सबैको पहुँच सहज रुपमा पु¥याउने उद्देश्य लिएका छौँ । ’
सहकारीकामा साना देखि ठुला उद्यमी सबैको सहज पहुँच हुने र सहकारीको आर्थिक सहयोगमा उद्यमीहरुले आर्थिक लाभ दिलाउनु नै सहकारीको एकमात्र उद्देश्य रहेको सहकारीका कोषाध्यक्ष गंगा रायमाझीले बताउनुभयो । ‘सहकारीहरुको माझमा हामी आफुलाई पृथक बनाउन चाहन्छौं , उद्यमीहरुलाई आर्थिक रुपमा मजबुत बनाउँदै सहकार्य गर्नु नै हाम्रो उद्देश्य हो । हामीसँग जोडिने उद्यमीहरुलाई निरास हुन दिदैंनौ आपसी सहयोगका साथ आर्थिक रुपमा सबैलाई सबल बनाउँदै लान्छौँ । ’












