आजदेखि दुवाचौर मेलम्ची बगैँचासम्म बस सेवा सञ्चालन हुने

३० श्रावण, सिन्धुपाल्चोक। आजदेखि दुवाचौरबाट सेल्ले मेलम्ची बगैँचासम्म सिन्धु हेलम्बु यातायातको बस सेवा सञ्चालन हुने भएको छ ।

बिहान ८ः३० मा छुटेर दिउँसो २ बजे मेलम्ची बगैँचाबाट फर्कने मेलम्ची–७ का वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

केही दिनमा सेल्लेमा बाटो मर्मतपछि बाँसखर्क जतन तथा बिचारीचौरमा मर्मतपछि पाल्चोक किउलसम्म बस सञ्चालन गरिने बताइएको छ ।