Ad #144479

८ श्रावण, धादिङ। धादिङमा कोरोनाकाे खाेप लगाएका एक वुद्धको मृत्यु भएको छ । कोभिड १९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएको झण्डै पौने तीन घण्टापछि वुद्धको मृत्यु भएकाे हाे ।

जिल्लाको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै पौने तीन घण्टा पछि मृत्यु भएको प्रहरीले जनाएको छ । खोप लगाइसकेपछि उनको मृत्यु भए पनि कारण भने खुल्न नसकेको उनले बताए।

मृतक वुद्धले आज सुनौला बजार स्वास्थ्य केन्द्रमा साढे ११ बजे तिर खोप लगाएका थिए । खोप लगाएपछि आधा घण्टा जति खोप केन्द्रमा आराम गरेपछि घर गएका थिए ।