‘हाम्रो टिम नेपाल’ले नि:शुल्क खुवाउने खाना पकाउने ठाउँ प्रहरीले खाली गरायो

काठमाडौंको अनामनगरस्थित हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ।

काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको हो। प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नियन्त्रणमा समेत लिएको छ।

हाम्रो टिम नेपालले निषेधाज्ञामा सबै काम बन्द हुँदा खान नपाएकाहरूलाई नि:शुल्क खाना खुवाइरहेको थियो। त्यही खाना खुवाउनको लागि प्रयोग गरिएको सार्वजनिक जग्गा अहिले खाली गराइएको हो।

[sidebar name="button post"]