७ असार, काठमाण्डौ। कोरोना भाइरस संक्रमणको बढ्दो दर र यसलाइ नियन्त्रण गर्न जारि गरिएको निषेधाज्ञाको बिषम परिस्थितमा रक्तदान गरौं, जिवन बचाउने अभियानमा सहभागि बनौं आग्रह गर्दै गोकर्णेश्वर युवा समूह, जोरपाटि युवा क्लव र हाम्रो सहयोग अभियानको संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ । रक्तदान कार्यक्रम यहि असार ०९ गते हुन लागेको हो ।
उक्त कार्यक्रम चामुण्डा मन्दिर जोरपाटि प्राङगणमा बिहान ०८ बजेबाट सुरु हुने आयोजक गोकर्णेश्वर युवा समूहका प्रविन घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेले निषेधज्ञाको समयमा रक्तदान कार्यक्रम बिरामीहरुमा रगतको अभाव नहोस् भन्ने उद्धेश्य ले केही सामाजिक कार्य गर्न र सामाजिक कार्यमा सहभागि हुन सवैमा आग्रह गर्नु भएको छ ।
उक्त कार्यक्रमको आयोजना गोकर्णेश्वर युवा समूह, जोरपाटि युवा क्लव र हाम्रो सहयोग अभियानको संयुक्त रुपमा रहेका छन् । साथै आयोजकले उक्त आकस्मिक रक्तदान कार्यक्रममा सहभागि भई रक्तदान गर्नुहुन हार्दिक अनुरोध गरेको छन् ।
आयोजकले रक्तदान कार्यक्रम कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न अपनाउनु पर्ने सम्पूर्ण मापदण्ड अपनाई सम्पन्न
गरिने व्यहोरा अनुरोध गरेको छ।
कार्यक्रमको संयोजक राजेश श्रेष्ठ रहनुभएको छ । रक्तदान कार्यक्रम स्थानः चामुण्डा मन्दिर जोरपाटि प्राङगण मिति २०७८ असार ०९ गते बुधबार समय बिहान ०८ बजे सुरु हुँदै छ ।
राजेश श्रेष्ठ सम्पर्क नम्वर : ९८५१०९५३२९












