काठमाण्डौ महानगरको नीति तथा कार्यक्रम पारित

६ असार, काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८÷२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत बिहीबार सभाको पहिलो बैठकमा सो नीति–तथा कार्यक्रम पस्तुत गर्नुभएको थियो ।

नेपाली काँग्रेसनिकट जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे अध्ययन गर्ने समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि स्थगन गर्नुभएको थियो ।

उपमेयरसहितका काँग्रेसनिकट वडाध्यक्षले नीति–तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए । प्रमुख शाक्यले उहाँहरुबाट आएका सकारात्मक सुझावले कार्यक्रम गहकिलो बनाउने बताउनुभयो ।

[sidebar name="button post"]