मेलम्ची बाढी : हेलम्बु प्रहरी कार्यालयको दुई तल्ले भवन बगायो

५ असार, सिन्धुपाल्चोक। बाढीले सिन्धुपाल्‍चोको हेलम्बु गाउँपालिकास्थित प्रहरी चौकी भत्‍किएको छ । शुक्रबार राति आएको बाढीले हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालय हेलम्बुको दुई तल्ले भवन भत्किएको हो ।

मंगलबार आएको बाढीले प्रहरी भवनमा असुरक्षित भए पनि सग्‍लो थियो । शुक्रबार साँझ आएको बाढीले भने भवन खोलामा ढलेको छ । उक्त प्रहरी भवन पाँच महिनाअघि मात्र निर्माण सम्पन्‍न भएको थियो ।

हाल प्रहरी कार्यालय माथिल्लो भेगमा भाडाको घरमा सारिएको छ। मंगलवारदेखि आएको बाढीका कारण हेलम्बु गाउँपालिकादेखि मेलम्ची बजारमा ठुलो क्षति पुर्याएको छ ।

[sidebar name="button post"]