मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन, वहाव बढ्दै

४ असार, सिन्धुपाल्चोक। मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन ।

आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् ।

[sidebar name="button post"]