३० जेष्ठ, काठमाण्डौ। काठमाण्डौ महानगरपालिका–३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट करिब रु तीन लाख नगद आज चोरी भएको छ ।
भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको उक्त नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी जारी छ ।
यसैबीच काठमाण्डौ महानगरपालिका–६ बौद्धस्थित रामबहादुर तामाङको घरको दोस्रो तलामा हाल एक महिला मृत फेला परेकी छिन् । मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको पहिचान समेत खुलेको छैन ।
[sidebar name="button post"]











