नुवाकोटमा थप तीन कोरोना संक्रमितको मृत्यु

२३ जेष्ठ, त्रिशूली। नुवाकोटमा कोरोना संक्रमति भएर पछिल्लो चौबीस घण्टामा थप तीन जनाको निधन भएको छ ।

दुई जनाको त्रिशूली अस्पतालमा र एक जनाको घरकै एकान्तबासमामा निधन भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २९ जना पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । हाल जिल्लामा कोरोनाको सक्रिय संक्रमितको सङ्ख्या ९४४ जना रहेको छ ।