Ad #144479

२० जेष्ठ, काठमाण्डौ। काठमाण्डौको गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा कुटपिट गरी हत्या भएको छ। सोही नगरपालिका-१ सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिटबाट बुधबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

गोकर्णेश्‍वर नगरपालिका-८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनील राईले कुटपिट गर्दा राजु गम्भीर घाइते भएका थिए।

प्रहरी बिट माकलवारी र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटार पठाएकोमा उनको उपचारको क्रममा बुधबार नै मृत्यु भएको हो।

कुटपिटमा संलग्न सुनीललाई नियन्त्रणमा लिएको छ।