काठमाण्डौ उपत्यकामा बिहान ९ बजेसम्म वर्कसप खुल्ने

१९ जेष्ठ, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप बिहान ९ बजेसम्म खुल्न पाउने भएका छन्।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न दिने भएको हो ।

त्यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खुल्ने भएको छ । ढुवानीका साधन राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन हुन पाउनेछन् ।

काठमाण्डौ उपत्यकामा जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।