काठमाण्डौमा अझै एक साता निषेधाज्ञा थपिने

९ जेष्ठ, काठमाण्डौ। कोरोना भाइरस संक्रमणको जोखिम नघटेपछि काठमाण्डौमा पुन एक साता निषेधाज्ञा थपिने तयारि भएको छ । काठमाण्डौ जिल्लामा दैनिक १५ सयमाथि संक्रमित थपिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौका अनुसार एक साता निषेधाज्ञा थप गर्ने तयारी छ । मृत्यु पनि २५ जनाभन्दा बढीको भएकाले तत्कालै निषेधाज्ञा खुकुलो हुने अवस्था नभएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

आगामी एक साता संक्रमित संख्या हेरेर निषेधाज्ञा गर्नुपर्ने अवस्था रहेको छ । सवारीसाधनको जोर-बिजोर प्रणालीमा पनि खुला गरिहाल्ने अवस्था तत्काल नभएको बताइएको छ ।

उपत्यकामा कोभिड-१९ को संक्रमणको तीव्र रुपमा फैलिएपछि पहिलो चरणको निषेधाज्ञा वैशाख १६ गतेदेखि लागू भएको थियो । संक्रमण दर नघटेपछि बैशाख २२ गते पुनः निषेधाज्ञा थप गरी २९ गतेसम्म र २९ गतेदेखि पुन थप गरी जेठ १३ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी भएको थियो ।