गगन थापाले कोभिड संक्रमितहरुका लागि निशुल्क यातायात सेवा

काठमाडौं । कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्वर ४ का सांसद गगन थापाले कोभिड संक्रमितहरुका लागि निशुल्क यातायात सेवा सुरु गरेका छन्।

कोभिड भएर घरमै आइसोलेसनमा रहेका, अस्पताल जान-आउन, परीक्षण गर्न वा आइसोलेसन सेन्टर जान समस्या भएकाहरूलाई सहयोग पुग्नेगरी उनले काठमाडौं क्षेत्र नम्बर ४ को नेतृत्वमा निस्शुल्क यातायात सेवा सुरु गरिएको बताएका छन् ।

उनले ९८५१०९६३०३, ९८५१०७२१२९ वा ९८५१०७२१२९ मा सम्पर्क गरेर सहज रुपमा त्यसरी सवारी सधान पाउन सक्ने जनाएका छन्। यसका साथै हटलाइन नम्बर ९८६०३४०५८७ मा एसएमएस पनि गर्न सकिने उनले बताएका छन्।