२ जेष्ठ, काठमाण्डौ। सामाजिक सञ्जालमा मार्फत सुचना पाएर रुखबाट लडेर ढाड भाँचिदा उपचारमा सबै सम्पत्ती खर्च गरेका दोलखा सैलुङ घर भई बागबजार बस्दै आएका डिल्लीबहादुर कार्कीको परिवारलाई अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्कासहितको समूहले २५ हजार नगद र केहि खाद्यान्न सहयोग गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रि अशोक खड्कासहितको समूहले २ बोरा चामल, दाल र नुन तेल सहयोग कार्कीको डेरा बागबजार पुगेरै सहयोग गर्नुभएको हो ।

खड्कासहित केशव पुरी, प्रकाश फुयाँल, उत्तम खड्का, रोहिन्द्र खड्का, रञ्जन थापा, सुमिला खड्का, दिल गुरुङ र सीपी पुडासैनीको समूहले उक्त सहयोग गर्नुभएको हो ।
डिल्लीबहादुर थला परेपछि उपचारका क्रममा दोलखामा भएको सबै सम्पत्तीसहित १३ लाख रुपैंया खर्च गरेपछि सडकको बासको अवस्था आएको थियो। उनकी पत्नीले मासिक ५ हजार तथा १५ बर्षिया किशोरी छोरीले फेन्सीमा काम गरी जेनतेन चलाए पनि निषेधाज्ञापछि त्यो पनि बन्द भएपछि डिल्लीबहादुरको परिवार विचल्ली हुने अवस्थामा आएको थियो।

मानव सेवा र सहयोगलाई धर्मका रुपमा नै अगाडि बढाउनुपर्छ भन्ने कुरालेले छोएपछि सहयोग गरेका हौं। मानवीयताको कसी सबैले राख्नुपर्छ भन्ने मान्यताका आधारमा नै सहयोग गरिएको अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री खड्काले बताउनु भयो।













