रमिता दंगाल
१० वैशाख, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ थलिको सोल्टीमोडमा बुलेरो दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
थलि महानगरीय प्रहरी प्रमुख जहेंद्र बस्नेतका अनुसार साँखु–जोरपाटी सडक खण्डको डांचीबाट जोरपाटी जाँदै गरेको बा ९ प ८०८५ नम्बरको गरेको महेन्द्र निशानको बुलेरो गाडि सडकबाट करिब दस मिटर तल झरेको छ। उहाँको अनुसार घाइते बिरामीलाई शंखारापुर हस्पिटल पुर्याइएको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।














