काठमाण्डौको मित्रनगरको एक होटलमा पुरुषको शव फेला

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

२९ चैत्र, काठमाण्डौ। नेपाल प्रहरीले काठमाण्डौको नयाँ बसपार्क नजिक एकजना पुरुषको शव फेला पारेको जनाएको छ । प्रहरीका अनुसार नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा पुरुषको शव फेला परेको हो ।

शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको प्रहरीले जनाएको छ ।

मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाइ छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।


  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares