Ad #144479

रमिता दंगाल

२१ चैत्र, काठमाण्डौ। काठमाण्डौको शंखरापुर नगरपालिका वडा नं १ पिपलबोटस्थित सागर दंगालको गोठमा आगलागी हुँदा एक गाई, एक बाच्छा र बाख्रा जलेर मरेका छन् ।

गाई गोठ धनि दंगालका अनुसार आज दिउँसो ३ बजे गोठबाहिर कुडो पकाउने चुलोको आगो राम्ररी ननिभाउँदा हावाहुरीले आगो फैली गोठमा आगलागी हुँदा गाई बस्तुको पूर्ण रुपमा क्षति भएको हो।

आगलागीबाट तीन लाख बराबरको क्षति भएको उहाँले बताउनु भयो । गोठमा पराल पनि राखिएको थियो।