भिरबाट लडेर एकको मृत्यु

१८ चैत्र, मकवानपुर। मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा राक्सिराङ–६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रजाको गए राति जङ्गलको आगो निभाउन जाँदा स्थानीय सिलिङ्चेमा भिरबाट लडेर मृत्यु भएको हो । मृतक प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक प्रजा स्थानीय वडाध्यक्ष सिंहबहादुर प्रजाको बाबु रहेको बुझिएको छ ।

[sidebar name="button post"]