Ad #144479

२६ काठमाण्डौ। भोलि पर्वका अवसरमा पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन नचल्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले एक सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी चल्‍न नदिने भएको हो ।महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामा उल्‍लेख गरेको छ ।

शिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चावहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक गाडी निरन्तर चल्ने छन् । यस्तै, मालबाहक गाडीलाई पनि रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको कोषले जनाएको छ ।

शिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई निःशुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको छ ।

यस्ताे छ, सवारी रुट :