प्रल्हाद अधिकारी
१५ फागुन, काठमाण्डौ। काठमाण्डौको शंखरापूर नगरपालिका वडा नं १ चाँपावोटस्थित श्री चाँपावोट माध्यमिक विद्यालयले आयोजना गरेको विद्यालयको ४० औँ बार्षिक उत्सव तथा बृहत सांस्कृतिक कार्यक्रमको अवसरमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स जोरपाटी शाखाले ६ हजार ५ सय रुपैंयाको चेक शाखा प्रमुख राज कुमार दुलालद्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णमान लामालाई हस्तान्तरण गर्नुभएको छ। इन्स्योरेन्सले १५ प्रतिसत कर कट्टा गरी सो रकम सहयोग गरेको हो।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्कुल ब्याग, डायरी, कलम र कार्यक्रममा उपस्थित अभिभावकहरुको लागि साँचो राख्ने किरिंग वितरण गरेको थियो।

सो कार्यक्रममा इन्स्योरेन्सले १५ थान स्कुल ब्याग, १० थान डायरी , ४०० पिस कलम (पेन) र अभिभावकहरुको लागि ४०० थान किरिंग वितरण गरेको हो।










