वायुसेवा निगमको कर्मचारीको लापरबाहीका कारण कोरोना पोजेटिभ व्यक्ति दिल्ली पुगे

१५ फागुन, काठमाडौं । कर्मचारीको लापरबाहीका कारण कोरोना पोजेटिभ व्यक्ति दिल्ली पुगेका छन् । शुक्रबार नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौंबाट दिल्ली पुगेका एकजना यात्रुको साथमा कोरोना भाइरस ‘कोभिड-१९’ पोजेटिभ रिपोर्ट फेला परेको हो ।

विमानस्थल स्रोतका अनुसार दिल्ली पुगेको जहाजमा कुल १४१ यात्रु थिए। कोभिड-१९ पोजेटिभ रिपोर्ट बोक्ने यात्रु महिला हुन् । उनको साथ र आसपास बस्ने ११ जना यात्रुलाई आइसोलेसनमा पठाइएको छ ।

कोभिड-९ पोजेटिभ रिपोर्ट भएका यात्रुलाई जहाज चढाउन पाइँदैन । नेपाल आउने र बाहिरिने सबै यात्रुको साथमा ७२ घन्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट हुनुपर्छ । नेपाल एयरलाइन्सका कर्मचारीको लापरबाहीका कारण यसअघि पनि पटकपटक कम्पनीले कारबाही भोग्नु परेको छ । तर, व्यवस्थापनले भने कर्मचारीलाई कारबाही गर्न सकेको छैन ।

[sidebar name="button post"]