Ad #144479

१४ फागुन, काठमाण्डौ। अङ्ग्रेजी माध्यममा पढाइ हुने गोकर्णेश्वर नगरपालिका–४ स्थित सामुदायिक गोकर्ण माध्यमिक विद्यालयमा बस सेवासमेत शुरु भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ४२ सिट क्षमताको बस विद्यार्थीलाई आवतजावत गराउन उपलब्ध गराएको हो ।

बस सेवाको आज शुभारम्भ गर्नुहुँदै वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बस सेवापछि विद्यार्थीको उपचारका लागि नर्स पनि उपलब्ध गराइने बताउनुभयो ।सामुदायिक विद्यालय भए पनि गोकर्ण माविमा ६०० छात्रछात्रा अध्ययन गरिरहेको वडाध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामदास श्रेष्ठ, पूर्वप्रधानाध्यापक बटुराम भण्डारी, प्रधानाध्यापक सुस्मिता केसी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतले सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभयो ।