चुच्चेपाटीस्थित मनास्लु वल्ड कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि स्वागत तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्दै 

रमिता दंगाल 

१३ फागुन, काठमाण्डौ। काठमाण्डौको चाबहिल चुच्चेपाटीस्थित मनास्लु वल्ड कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि स्वागत तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम यहि फागुन १५ गते पर्सि शनिबारको दिन बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म चुच्चेपाटीस्थित स्मार्ट पार्टी प्यालेसमा आयोजना हुने भएको छ।

सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ रहनु भएको छ । कार्यक्रममा कक्षा ११ को विद्यार्थीहरुलाई स्वागत गर्ने साथै राष्ट्रिय ख्याती प्राप्त र राष्ट्रको लागि योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिने मनास्लु वल्ड कलेजल अध्यक्ष गेन्द्र लामाले कागेश्वरी खबरलाई जानकारी दिनु भयो।

त्यस्तै कार्यक्रममा राष्ट्रिय कलाकारहरु महादेव त्रिपाठी , राजा राजेन्द्र पोख्रेल , एलिना चौहान ,प्रकाश सपुत,वाइल्ड राइपर्स क्रिउ, मनास्लु ब्याण्ड लगायत मनास्लु वल्ड कलेजमा पढ्ने विद्यार्थीहरुको प्रस्तुतिहरु रहने छ ।

[sidebar name="button post"]