3 - 3Shares
१० फागुन, काठमाण्डौ। काठमाण्डौ महानगरपालिका-३२ स्थित पेप्सीकोलामा बसको ठक्करबाट आज एकको मृत्यु भएको छ ।
बा ३ ख ९६६१ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने खोटाङको मझुवागढी नगरपालिका १ का ७४ वर्षीय कृष्णबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

3 - 3Shares