Ad #144479

३ फागुन, बुटवल । काठमाडौँको मुटु बसन्तपुर दरबार क्षेत्र परिसरमा यातायातका साधन पूर्ण रुपमा निषेध गरिएको छ । यसै क्रममा पर्यटकका लागि गमलामा फुल राखेर साजसज्जा सहित सुन्दर बनाइएको छ ।

शार्दूल जंग गुल्म हनुमानढोकाका प्रमुख मेजर बिकाश शाक्य र चारूमती बौद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मको पहलमा उपासक उपासिकाहरु र चाबही ग्वाहालि पुचःको सहभागितामा पूलका गमला राखेर साजसज्जा कार्यक्रम सफल गरिएको हो ।