आज पौष कृष्ण औंशी उत्तरबाहिनीमा श्राद्ध गर्नेहरुको भिड

  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares

समिता श्रेष्ठ

२९ पुस, काठमाण्डौ। पौष कृष्ण औंशीको दिन आज बिहानैदेखि कान्ति भैरव मन्दिर परिसरको बागमती नदीमा श्राद्ध गर्नेहरुको भिड लागेको छ ।

प्रत्येक वर्ष पौष कृष्ण औंशीमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी स्थित कान्ति भैरब मन्दिर परिसरको बागमती नदी किनारमा श्राद्द गर्नेहरुको भिड लाग्ने गर्दछ । हिन्दु शास्त्र अनुसार चार गया मध्ये भारतमा तीन र नेपालमा रहेको एक उत्तरगया हो । काँशी, गया लगायतका भारतका धार्मिक तिर्थस्थलहरुमा श्राद्ध गरिसकेपछी वा गर्नु अघि यस ठाउँमा श्राद्ध गरेर मात्र पूर्ण हुने धार्मिक विश्वास छ ।

उत्तरगया क्षेत्रको नामले चिनिने उत्तर बाहिनी क्षेत्रमा पौष कृष्ण औंशीका दिन पितृहरुलाई पिण्ड दिएर श्राद्ध गर्नाले सबै पितृहरु मोक्ष हुन्छन् भन्ने विश्वासका साथ मानिसहरुको यहाँ भीड लाग्ने गर्दछ ।

बाग्द्वारबाट बग्दै आएको बाग्मती गोकर्णमा आएपछि उत्तर बहने स्थललाई उत्तरवाहिनी पितृतीर्थ भनी धर्मशास्त्रीयरुपमा प्रसिद्ध मानिएको छ ।

दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्ने स्थलका रुपमा परिचित काठमाडौँ उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धामका लागि विश्व प्रसिद्ध छ ।


  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares