काठमाडौं l पछिल्लो समय निकै चर्चामा रहेको रियालिटि शो ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका विजयता राम लिम्बुको नयाँ गीत ‘दुई चार दिन’ गायक रामकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ l
भिडियोमा कुसुम गुरुङ र सुजन फागो लिम्बुसंगै गायक राम लिम्बुको अभिनय रहेको छ l उक्त गीत माया प्रेमलाई लक्षित गर्दै प्रस्तुत गरिएको छ l
गीतमा मेल्ट डाउन नेपालको शब्द रहेको छ l बिजेन्द्र भट्टराई र सालोम लेप्चाले संयुक्तद्वारा छायाङ्कन गरेका भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका हुन् l उक्त भिडियोलाई नरेन लिम्बुले निर्देशन गरेका छन् l
[sidebar name="button post"]









