काठमाडौं । केही बानीहरु त्यस्ता हुन्छन्, जसलाई हामी त सुरक्षित मान्छौं, तर त्यहीँ बानी कसैको लागि अभद्र र अनुशासनहिन जस्तो लाग्न सक्छ ।
हामी सबैमा केही त्यस्ता बानीहरु हुन्छन्, जसप्रति हामी प्राय ध्यान दिँदैनौं । तर, त्यही बानीले तपाईंको अघिल्तिरको व्यक्तिलाई भने हैरान बनाइसकेको हुन्छ । यदि तपाईंमा पनि यस्ता बानीहरु छन् भने तीनलाई परिवर्तन गर्ने बारेमा आजैदेखि सोच्न थाल्नुहोस् ।
खाना खाँदा आवाज निकाल्नु
खाना खाने सबैको आ-आफ्नै तरिकाहरु हुन्छन् । कोही व्यक्ति आरामले खाना खान्छन् भने कोही हतार-हतार खाना खान्छन् । कोही व्यक्ति भने खाना खाने बेलामा समेत आवाज निकाल्छन् । कोही व्यक्ति चिया पिउने क्रममा सूरुप्प-सुरुप्प गर्दै आवाज निकाल्छन् । वास्तवमा त्यसो गर्नु भनेको अशिष्टताको श्रेणीमा पर्नु हो ।
नङ टोक्नु
नङ टोक्नु सबैभन्दा अभद्र बानीहरुमध्ये एक हो । केही व्यक्तिहरु यो बानीबाट यति हदसम्म ग्रस्त हुन्छन् कि उनीहरु हरेक समय, चाहे कसैसंग कुराकानी नै गरिरहेको बेला किन नहोस् अथवा कुनै समारोहमै किन नहुन्, आफ्नो नङ टोक्न भने छाड्दैनन् ।
खुट्टा हल्लाउनु
खुट्टा हल्लाइरहनु शरीरमा आइरनको कमी भएको लक्षण हो। कतिपय मानिसहरु बसेको बेलामा होस् अथवा ओछ्यानमा पल्टिएको बेला होस्, खुट्टा हल्लाइरहने बानी हुन्छ । खुट्टा हल्लाउने व्यक्तिलाई आफूले लगातार त्यसो गरिरहेको छु भन्ने कुराको जानकारी समेत हुँदैन । यदि तपाईं कुनै त्यस्तो व्यक्तिसंग बस्नु भएको छ, जसको खुट्टा हल्लाउने बानी छ भने तपाईंलाई कुनै पनि कुरामा ध्यान केन्दि्रत गर्न समस्या परिरहेको हुन सक्छ ।
छोएर कुरा गर्नु
कसै-कसैलाई पेन (डटपेन) को टुप्पोमा थिच्ने-छाड्ने बानी पनि हुन्छ । हुन त यो सामान्य बानी हो, तर त्यो आवाजलाई नियमित रुपले सुन्ने व्यक्तिलाई निकै नै तनाव भैसकेको हुन्छ । कक्षा कोठामा पढाइ भैरहेको बेला होस् अथवा कार्यालयको मिटिङमा होस्, मानिसहरु पेन क्लिक गरिरहेका हुन्छन् ।








