ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै

२६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालका अनुसार प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने छन् ।

आजको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको हो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभामा पनि असंवैधानिक कदम भन्दै विरोध भैरहेको छ । यसैबीचमा उनले आज राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा राष्ट्रियसभामै उनको विरोध हुने सम्भावना छ ।

[sidebar name="button post"]