एजेन्सी । घटना केहि दिन पहिलेको हो । लुँडो खेलमा पराजित गरेको भन्दै एक महिलालाई श्रीमानले निर्घात कुटपिट गरेका छन् ।
भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक अचम्मको खवर समेत सार्वजनिक भएको छ ।२४ वर्षीया महिलालाई उनका पतिले अनलाइन लुँडोको खेलमा पराजित गरेको भन्दै निर्मतापूर्वक कुटपिट गरेपछि ढाडमा गम्भीर चोट आएका कारण अस्पतालमा भर्ना गरिएको गरिएको हो।
टाइम्स अफ इण्डियाका अनुसार वडोदरा निवासी एउटी महिलाले आफ्नो पतिलाई लकडाउनको बेला उनीसँग लुडो खेल खेल्न लगाएकी थिइन् । उनका श्रीमान खेल खेल्न राजी भए तर, लगातार खेलमा हारेपछि उनलाई रिस उठेपछि उनले आफ्नी श्रीमतीसँग झगडा गर्न थाले । पछि उनलाई निकै निर्दयी पाराले कुटे जसकारण उनकी पत्नीको ढाडको हड्डी भाँचियो ।
[sidebar name="button post"]










