‘नथिंग १०८’ : दिपेन्द्र बज्राचार्यको मनको बगबग

  • 293
  •  
  •  
  •  
  •  
  •  
  •  
    293
    Shares

रमिता दंगाल

सिद्धार्थ गौतम बुद्ध मेरो लागि हिरो हुनुहुन्छ । मलाई गौतम बुद्ध पूर्ण लाग्छ । गौतम बुद्धले चौरासी हजारमा भन्नुभएका हरेक बिषयको कुरा पूर्ण लाग्छ । चौरासी हजारमा भन्नुभएको सुखमा, दुखमा, करुणामा, शिक्षामा, राजनीतिमा, स्वास्थ्यमा हरेक जिवनको आयामहरुमा गौतम बुद्ध मलाई पर्फेक्ट लाग्छ । उहाँलाई जित्न सक्ने कुनै पनि महापुरुषहरु जन्मिएका छैनन् जस्तो लाग्छ ।

‘नथिंग १०८’ नै किन

गौतम बुद्धको शुन्यता भन्ने एउटा शिक्षा छ । यो शुन्यता भनेको चाहिँ नथिंग हैन । तर यो अंग्रेजहरुले त्यसलाई ट्रान्सलेशन गर्दा शुन्यता भनेको चाहिँ जिरो भन्ने भएर यसको नाम नथिंग जुराएको हो । १०८ बुद्धिजम फिलोसोफीमा एकदमै लक्की र महत्वपुर्ण नम्बर हो । अर्थात् १०८ पबित्र नम्बर हो ।

बाल्यकालदेखि नै १०८ नम्बरप्रति मेरो आकर्षण छ । १०८ जना सिद्ध, १०८ बोधी शब्द, १०८ जना बुद्धहरु, २०८ वटा मन्त्रहरु, साथै १०८ वटा माला जप्ने गरिन्छ । १०८ चाहिं त्यहाँबाट लिइएको हो ।

‘नथिंग १०८’जन्मिनुको कारण

म पेशाले फोटो पत्रकार हुँ । जुन बेला हामीलाई कोभिडको महामारीले सतायो, दुख दियो र लकडाउनमा राखिएको थियो, यति बेला विगत नौ/दस महिनादेखि धेरै मानिसहरुको गाह्रो, साह्रो, मृत्यु, भय, अभाव जस्ता व्यथा भोग्नुपर्यो, जसमा म आफु पनि पर्छु । मेरो जिवनमा पनि धेरै उतार चढावहरु आए । तर गएको तीन महिनामा चाहिं अब यसरी हुँदैन केहि न केहि गर्नुपर्यो भनेर ‘नथिंग १०८’जन्मिएको हो ।

धेरै समय कौशीमै बसेर फोटो खिचियो । यो नथिंग १०८ चाहिं मेरो मनको बगबग हो । सबै कुराहरु स्थगित भएपनि मन चाहिं कहिल्यै पनि स्थिर भएन, चुप लागेर बसेन । त्यो बन्द कोठामा पनि झन् झन् मन बाहिर जाने रहेछ । सिद्धार्थ गौतम बुद्धले नै भन्नुभएको छ, हाम्रो मन भनेको चाहिं बाँदर जस्तो हो । लकडाउन अघि यस्ता कुरा म पढाउने पनि भएकाले क्लासमा सुनाउँथे । करिब एक वर्षसम्म आफुमा भएको कुराहरु सुनाउन पाइएन । आफ्नो मनको कुराहरु व्यक्त गर्न ‘नथिंग १०८’ जन्मिएको हो ।

नथिंग १०८’को प्राबिधिक पाटो मेरो विद्यार्थी भाई देव न्यौपानेले हेर्नुभएको छ । उहाँ ‘नथिंग १०८’को डाइरेक्टर हुनुहुन्छ । म चाहिं नथिंग १०८ को कन्टेन्ट र मलाई मनमा लागेको बगबग चाहिं राति ११ बजे मोबाइलमा रेकर्ड गर्छु । १०८ पन्ध्र पन्ध्र दिनमा आउँछ । अहिलेसम्म तीन वटा एपिसोड प्रकाशन भयो । यो सुरु भएको एक डेड महिना भयो ।

के गरिन्छ ‘नथिंग १०८’मा

नेपालीहरुको वास्तविक भन्नुपर्ने कुराहरु बाहिर आए कै छैन जस्तो लाग्छ । कुनै पनि बहानाको बिषय वस्तुलाई लिएर नथिंग १०८ मार्फत् अरुलाई भन्ने गर्छु । जति पनि कुराहरू आएका छन् सतहका कुराहरु मात्र बाहिर आएका छन् । चाहे त्यो पर्यटन भित्र्याउन होस्, चाहे विद्यार्थीहरुलाई शिक्षित बनाउन होस्, हो यस्ता यस्तै कुराहरुलाई नथिंग १०८ मा ल्याउने साेंच हो । बिषयवस्तुलाई एकदमै गम्भीर भएर हैन कि यी विषयलाई हल्का तरिकामा बाहिर ल्याउने गर्छु ।

‘नथिंग १०८’को पहिलो एपिसोडमा मैंले समय, कालको बारेमा कुरा गरेको छु । दोस्रो एपिसोडमा मैंले टुँडिखेल, जमिनको बारेमा व्यक्त गरेको छु । तेस्रो एपिसोडमा मैंले खाने कुरा सम्बन्धि कुरा गरेको छु । यस्तै यस्तै बिषय बस्तुहरुको बारेमा १० मिनेटसम्म बोल्ने गरेको छु ।

‘नथिंग १०८’ नाम र कामको कनेक्शन

सामान्यतया बगबग अथवा कुनै पनि मानिसको गनगन चाहिं सुनेर बिर्सि दिने हो । यो बगबग मनमा राखिराख्ने हैन । मैंले उठाएको बिषयवस्तु गम्भीर हुन सक्लान् तर बिर्सि दिए हुन्छ । म मेरो कुरा सुनेर सुगर लेबल नबढोस् भन्ने चाहन्छु । टेन्सन नलिनुहोस् । त्यहाँ पनि शुन्यता नै कायम होस् । तर याद गर्नुहोस है मन पर्यो भने चाहिं शुन्यबाट सुरु हुन्छ ।

शुन्य भनेको केहि पनि छैन भन्न खोजिएको होइन । त्यहाँ शुन्य त छ नि । सबै कुराको सुरुवात शुन्यबाटै हुन्छ । शुन्यता भनेको केहि पनि छैन भन्न खोजिएको होइन कि जुन छ, त्यो सुरुवात हो ।

प्रतिक्रिया

अहिले राम्रै रेस्पोन्स आइरहेको छ । बगबग पनि सुनुवाई हुँदो रहेछ । कति मान्छेहरुले तिम्रो आवाज त नेवारको जस्तो छ नि पनि भन्छन् । अलिकति छुच्चो भए भन्छु, नेवारको छोरो नेवारको जस्तो नआएर जापानीजको जस्तो आउँछ त ।


  • 293
  •  
  •  
  •  
  •  
  •  
  •  
    293
    Shares