आज पुस २५ गते शनिबार देश तथा विदेशमा घटेका महत्वपुर्ण समाचार

आजका मुख्य समाचारमा

नेकपा एकता राष्ट्रिय अभियानमा सङ्गठित हुन गौतमको अपिल
नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का उपाध्यक्ष वामदेव गौतमले कुनै पनि पक्षमा नलागी नेकपा एकता राष्ट्रिय अभियानमा सङ्गठित हुन नेकपाका सबै नेता कार्यकर्तामा अपिल गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ एकता राष्ट्रिय अभियानको संयोजकका रुपमा आज अपिल जारी गर्दै उहाँले नेकपाका सम्पूर्ण नेता कार्यकर्तालाई आफू आबद्ध रहेकै ठाउँबाट नेकपाको एकता अभियानका नाममा सङ्गठन खडा गर्न आग्रह गर्नुभएको हो ।

नेपालकाे संविधान चार जना पूर्व प्रधानन्यायाधीशहरूले लेखेकाे हाेइन : सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी पूर्वप्रधानन्यायाधीशहरूले अभिव्यक्ति दिँदै हिँडेको भन्दै आपत्ति जनाएका छन् ।

ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर नपत्याउनु : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन्।

बर्डफ्लु रोग देखिएपछि सीमा नाकामा कडाइ
छिमेकी मुलुक भारतमा विगत केही दिनयता बर्डफ्लु रोग देखिएपछि भारतसँग जोडिएको प्रदेश २ को आठवटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । नेपालमा बर्डफ्लु भित्रिन नदिन प्रदेश २ को आठवटै जिल्लाको दक्षिणी सीमासँग जोडिएको नाकामा सुरक्षा सतर्कता बढाएर सीमा नाकामा कडाइ गरिएको बताइएको छ ।

नेपालमा पछिल्लो २४ घण्टा यता कति संक्रमित र कति कोरोनामुक्त ?
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ।

दानाको कच्चा पदार्थमा विदेशीको भर पर्दा महँगो
दानाको कच्चा पदार्थमा विदेशको भरपर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक रु ३२ अर्बभन्दा बढी विदेसिने गरेको हो ।

कतारको छिमेक सम्बन्धमा नयाँ फड्को
साढे तीन वर्षअघि कतारी नागरिकहरु बिहान उठ्दा छिमेकी मुलुकहरुले कतारमाथि अनायास नाकाबन्दी लगाएको थाहा पाएर आश्चर्यचकित भएका थिए, र यसै साता फेरि उलटफेर भयो । त्यो नाकाबन्दी फेरि रातारात समाप्त गरियो ।

अमेरिकालाई सत्रुतापूर्ण नीतिको अन्त्य गर्न किमकाे आग्रह
उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार सो समाचार दिएको छ ।

कोभिड १९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने
विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको चीनले बताएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो ।

‘केजीएफ-२’को टीजर सार्वजनिक भएको १२ घण्टामै ट्रेन्डिङ नम्बर १ मा
बहुप्रतिक्षित फिल्म ‘केजीएफ-२’को टीजर सार्वजनिक भएको छ। चलचित्रका मुख्य पात्र अभिनेता यशको जन्मदिनको अघिल्लो दिन टीजर सार्वजनिक भएको हो। उक्त टीजर अहिले युट्युबको ट्रेन्डिङ नम्बर १ मा बस्न सफल भएको छ।

विवादमा मुछिए पछि गायक प्रमोद यस्तो लेख्छन् ‘आशा छ मलाई न्याय मिल्नेछ’
विन्ध्यवासिनी म्युजिकका सञ्चालकलाई कारवाहीको माग गर्दै कलाकारहरूले प्रहरीसमक्ष अपिल गरेका छन्। गायक तथा संगीतकार प्रमोद खरेललाई गाली-गलौज गरेको भन्दै ५७ जना गायक-गायिकाहरूले हस्ताक्षर गरेर प्रहरीसमक्ष कारवाहीको अपिल गरेका हुन्।

आज शनिबार पनि बैंकका काउन्टर तथा शाखा कार्यालय खुल्ने
नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक खुल्न निर्देशन दिएपछि आज पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न निर्देशन दिएपछि बैंक खुल्ने भएका हुन् ।

चीनसँगको प्रमुख नाका तातोपानी फेरि बन्द हुने
चीनसँगको प्रमुख नाका तातोपानी नाका फेरि बन्द हुने भएको छ । भूकम्पपछि अस्थिर रहेको यो नाका जोड्ने मितेरी पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेको जनाइएको छ ।

नगरपालिकाबाट दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र
पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् ।

पृथ्वी जयन्तीमा राष्ट्रिय विदा घोषणा गर्न माग
विश्व हिन्दु महासंघले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएर राष्ट्रिय एकताको सन्देश अभिवृद्धि गर्न सबै नेपालीमा आग्रह गरेको छ ।

अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु
भारतकाे महाराष्ट्र राज्यको भण्डारा जिल्लाको रहेकाे एक अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको समाचार संस्था पीटीआईले जनाएकाे छ ।

[sidebar name="button post"]