एजेन्सी । बहुप्रतिक्षित फिल्म ‘केजीएफ-२’को टीजर सार्वजनिक भएको छ। चलचित्रका मुख्य पात्र अभिनेता यशको जन्मदिनको अघिल्लो दिन टीजर सार्वजनिक भएको हो। उक्त टीजर अहिले युट्युबको ट्रेन्डिङ नम्बर १ मा बस्न सफल भएको छ।
उक्त टिजर विभिन्न ४ भाषामा रिलिज गरिएको छ । चलचित्रका मुख्य नायक यशको जन्मदिनको अवसर पारेर टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरमा यशको साथमा संजय दत्त र रविना टन्डनलाई देखाइएको छ ।
दुई मिनेटको टीजरमा यशसँगै रवीना टण्डन, तथा सञ्जय दत्तलाई देखाइएको छ। जसमा यशलाई एक्सन अवतारमा देखाइएको छ। रिलिज भएको २४ घण्टामै उक्त टिजरलाई ९ करोड १९ लाखभन्दा बढी भ्यूज पाएको छ।
प्रशान्त निलको निर्देशनमा रहेको यो चलचित्र दुई वर्षदेखि प्रोडक्सनको काम चलिरहेको छ। यसअघि यो चलचित्र अक्टोबर २०२० मा नै रिलिज गर्ने तयारी थियो। तर, कोरोना महामारीका कारण प्रोडक्सनको काम नै बन्द भयो।
यसअघि सन् २०१८ मा केजीएफ च्याप्टर-१ रिलिज भएको थियो। कन्नड, तमिल, तेलुगु, हिन्दी लगायतका भाषामा रिलिज गरिएको उक्त चलचित्रले थुप्रै रेकर्ड ब्रेक गरेको थियो।
हेर्नुहोस् टीजर :











