दुनै । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा प्राकृतिक सुन्दरताका हिसाबले सबैभन्दा धनी जिल्लाका रुपमा परिचित छ ।
नेपालको अग्लो ठाउँमा भएपनि गहिरो तालका रुपमा परिचित शेफोक्सन्डो तालले गर्दा डोल्पाको छुट्टै परिचय बनेको छ ।
तालसँगै शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जले गर्दा पनि डोल्पा परिचित छ ।
डोल्पा पुग्ने एक मात्रै हवाई माध्यम जुफाल विमानस्थल हो । जहाँबाट स्वदेशी तथा विदेशी पर्यटक डोल्पा पुग्ने गरेका छन् ।

डोल्पा भौगोलिक रुपमा विकट तर असाध्यै सुन्दर ठाउँ मानिन्छ । प्राकृतिक रुपमा निकै सुन्दर ठाउँले भरिएको डोल्पाका हरेक दृश्य स्वर्ग जत्तिकै लाग्छन् ।

डोल्पाका मानिसहरुको भेषभुषा, चालचलन र रितिरिवाजले पनि डोल्पाप्रतिको आकर्षण अपार छ ।

डोल्पाबाटै देखिने काञ्जिरोवा हिमालको मनमोहक दृश्यले पनि धेरैलाई मोहित पार्छ ।

यसबाहेक डोल्पाका हरेक बाटो, गोरेटोदेखि हिमश्रृंखलाका टाकुराहरुले पर्यटकहरुलाई स्वर्गकै जस्तो आभास दिलाउँछ ।
फोटो युङडुङ बैजी











